neapl investment mega bank
  • गृहपृष्ठ
  • आर्थिक विकासका लागि निजी क्षेत्र लाग्नुपर्नेमा जोड : पूर्वप्रम भट्टराई

आर्थिक विकासका लागि निजी क्षेत्र लाग्नुपर्नेमा जोड : पूर्वप्रम भट्टराई

Mar 6th, 2020

काठमाडौँ, २३ फागुन (रासस)

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकको आर्थिक विकासका निम्ति निजी क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । देशका स्थापित पर्यटन व्यवसायी कर्ण र योगेन्द्र शाक्यका पिताले स्थापना गरेको एम्बासडर होटलको ४२औँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले आर्थिक विकासको लहर ल्याउन निजी क्षेत्र एकजुट भएर लाग्नुपर्ने सुझाव दिनुभयो ।

पर्यटन उद्योगले देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन सघाउने भएकाले स्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर उद्यमी–व्यवसायीले काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पर्यटनमात्र नभएर उत्पादनमूलक अन्य उद्योगमा पनि निजी क्षेत्रले लगानी बढाउन आवश्यक भएको बताउनुभयो ।

उक्त होटलका अध्यक्ष योगेन्द्र शाक्यले आफ्ना पिता वसन्तबहादुर शाक्यले चार कोठाबाट प्रारम्भ गरेको आज तारे होटलमा रूपान्तरण भएको बताउँदै देशको पर्यटन प्रवद्र्धनमा आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।