neapl investment mega bank

लठ्याउने औषधी खुवाई सुनको औंठी लुटपाट

Mar 6th, 2020

काठमाडौं, २३ फागुन

काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट नागार्जुन नगरपालिका-७ रामकोट बस्ने ७५ वर्षीय टेक बहादुर गिरीको १ तोलाको सुनको औंठी बिहीबार दिउँसो लुटपाट भएको छ ।

गिरीलाई अपरिचित व्यक्तिहरूले लठ्याउने औषधी खुवाई कालो रुमालले बेरिएको पैसा जस्तो देखिने कागजको बण्डल दिई उक्त सुनको औंठी लुटी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।