neapl investment mega bank

चाँदी जस्तो देखिने वस्तु सहित पक्राउ

Mar 6th, 2020

बाँके, २३ फागुन

नेपालगंज उपमहानगरपालिका-१० गोसाईगाउँबाट भारत बहराईच बस्ने २७ वर्षीय अलिम सलमानिलाई ८ किलो ३ सय ७६ ग्राम चाँदी जस्तो देखिने बस्तु सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले सलमानिले चलाएको यूपी ३२ जेपी ३८८८ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त बस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उक्त बस्तु सुनचाँदी ब्यवसायी संघ बाँकेमा परीक्षण गराउँदा २ किलो ७ सय २० ग्राम मात्र शुद्ध चाँदी रहेको पाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।