neapl investment mega bank
  • गृहपृष्ठ
  • सोमालियामा झाडापखालाका कारण १४ को मृत्यु

सोमालियामा झाडापखालाका कारण १४ को मृत्यु

Mar 6th, 2020

मोगादिशु, २३ फागुन (रासस/सिन्ह्वा)

झाडापखालाका कारण सोमालियामा १४ जनाको मृत्यु भएको छ ।

एक जना क्षेत्रीय अधिकारीले बिहीबार दिएको जानकारी अनुसार उनीहरूको एक हप्ताको अन्तरालमा मृत्यु भएको हो ।

फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ । सोमालियाका धेरै सशहरहरू यस प्रकोपबाट प्रभावित भएको हिरशावेल राज्यका स्वास्थ्यमन्त्री अब्दी मुस्लिम महमदले पत्रकारहरूलाई बताउनुभयो । “झाडापखालाको प्रकोप सबैभन्दा पहिले सोमालियाको मध्यभागमा पर्ने हिरान क्षेत्रको बेलेद नगरमा देखिएको हो,” उहाँले भन्नुभयो ।

स्वास्थ्यमन्त्री महमदका अनुसार त्यसपछि मध्य सावेल क्षेत्रको जोभार नगरमा देखिएको र उनीहरूको मृत्यु भएको हो ।

सोमालियामा ठूलो बाढी आएपछि लगत्तै यो झाडापखालाको प्रकोप देखिएको अधिकारीहरूले बताएका छन् । यहाँका केही गाउँमा झाडापखालाको प्रकोप नै देखिएको छ ।