neapl investment mega bank
  • गृहपृष्ठ
  • दिल्लीमा आयोजित विश्व व्यापार सम्मेलनमा परिसंघको सहभागिता हुने

दिल्लीमा आयोजित विश्व व्यापार सम्मेलनमा परिसंघको सहभागिता हुने

Mar 5th, 2020

काठमाडौ, फागुुन २२

भारतको प्रमुख प्रकाशन टाइमस् अफ इण्डियाद्वारा फाल्गुण २३ गतेबाट आयोजित विश्व व्यापार सम्मेलन मा भाग लिन नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल भारतको नयाँ दिल्ली गएको छ । उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विक्ष्णु कुमार अग्रवालले गरेका छन् । वरिष्ठ उपाध्यक्ष अग्रवालले सम्मेलनको पहिलो दिनको सत्रमा “लघु, घरेलु, साना र मझौला”उद्योगहरुको महत्व सहित नेपाल उक्त क्षेत्रको वस्तुस्थिति एवं सम्भावनाका विषयमा निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

परिसंघलाई प्राप्त जानकारी अनुसार आयोजक टाइमस् अफ इण्डियाको निमन्त्रणामा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दूगडले समेत उक्त सम्मेलनमा अतिथिको रुपमा र उक्त मन्त्रालयका उपसचिव श्रीधर गौतमले भाग लिनेछन । प्राप्त जानकारी अनुसार राज्यमन्त्री दूगडले उक्त सम्मेलनको दोस्रो दिनको सत्रलाई सम्बोधन गर्नेछन ।

दिल्ली भ्रमणको क्रममा राज्यमन्त्री दूगड सहित परिसंघको प्रतिनिधि मण्डलले भारतको फिक्की र पी एच् डी सी सी आई का पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन । उक्त भेटवार्ताका अवसरमा नेपाल–भारत बीचमा लगानी विस्तार, व्यापार प्रवद्र्धन एवम् पारवहनका क्षेत्रको विद्यमान वस्तुस्थितिको समिक्षा सहित दुबै देशका सरकार र निजी क्षेत्रका संस्था बीचको सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर बनाउने बारे छलफल हुने विश्वास गरिएको छ ।

परिसंघको उक्त प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा परिसंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक राजबहादुर शाह र परिसंघका निर्देशक हिमाल न्यौपाने रहेकाछन ।