neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Mar 5th, 2020

धनुषा, फागुुन २२

धनुषा जिल्लाको बिदेह नगरपालिका ३ ईटहरुवा खैरहानीबाट फागुन २२ गते एपीएफ टोलीले करीव दुई लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र लेडिज चप्पल बरामद गरेको छ । भारतबाट दुई वटा मोटरसाईकलमा राखेर अवैध रुपले भन्सार छली ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी र नम्बर ७ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटा मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । उक्त मोटरसाईकलहरुको भन्सार दाखिल मुल्य दुई लाख रुपैयाँ रहेको छ ।