काठमाडौ, फागुुन २२
कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुनेगरि स्वास्थपोचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगहरु विरुद्ध बीमा सुविधा प्रदान गरिआएकोमा, विभिन्न ग्राहकहरुले बीमा दाबी भुक्तानी पाउने क्रम बढ्दो छ ।
बैकका अनुसार आजको मितिसम्म, ६१ बीमा दाबी भुक्तानीहरु ग्राहकले प्राप्त गरिसकेका छन् । हालसम्म, परिवार सुरक्षा बचत खाता मार्फत बीमीत ग्राहकहरुले रु १,३५५,१८३ बराबरको दाबी रकम प्राप्त गरिसकेका छन् । यीमध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू रहेको भनाई बैंकको छ । उक्त बीमा भुक्तानी बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा गरेको बैंकले जनाएको छ ।