neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना माहामारी : रोकथामको लागि कस्तो छ सरकारको तयारी ?

कोरोना माहामारी : रोकथामको लागि कस्तो छ सरकारको तयारी ?

Mar 5th, 2020

आधारभूमी संवाददाता

काठमाडौं २२ फागुन

चीनको ऊहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को असर विश्वव्यापी देखिन थालेपछि नेपालमा पनि यसको त्रास बढ्न थालेको । नेपालमा हालसम्म यो भाइरस देखिएको छैन । तर यतिवेला आम नेपालीहरुको कोरोना भाइरसको त्रासले डेरा जमाएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भनेका कारण आम जनता चिन्तीत देखिन थालेका छन् ।

सरकारले पनि यो रोगको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन सरकारले आग्रह गरिरहेको छ । सरकारले गत आइतबार सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेसँगै मानिस त्यसतर्फ सचेत हुन थालेका छन् ।

कोरोना भाइरसको त्रासकै कारण सरकारी, गैरसरकारी, अन्तर्रािष्ट्रय समूदायका साथै राजनीतिक पार्टी र संघसंस्थाले सार्वजनिक कार्यक्रम नगर्ने वताएका छन् । फागुन १९ मा बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले प्रदेशभरी मेला महोत्सव गर्न रोक लगाएको छ ।

रोकथामको लागि सरकारको प्रयास

सरकारले कोराना भाइरस फैलिन नदिन सक्दो प्रयास गरेको वताएको छ । दैनिक उपभोग्य वस्तु सहज र नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको छ । मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले सो निर्णय गरेको हो ।

सरकारले दैनिक उपभोग्य वस्तुको पूर्ववत रूपमा सहज र नियमित आपूर्ति व्यवस्था कायम गर्ने तथा मास्क,स्यानिटाइजर जस्ता अत्यावश्यक वस्तुहरूको मागलाई नियमित रूपमा आपूर्ति गर्नका लागि आयात तथा उत्पादन वृद्धि गर्ने निर्णय गरेको छ ।

यसैगरी सरकारले त्रिभुवन अन्तर्रािट्रय विमानस्थल लगायत नेपाल प्रवेशका प्रमुख नाकाहरूमा उपकरणसहित स्वास्थकर्मीहरूको व्यवस्था गरी यात्रुको ज्वरो मापनलाई अझै प्रभावकारी बनाउने तयारी गरेको छ ।

कोरोना नेपालमै उत्पादित रोग नभएकोले बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने दावी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ ।

मन्त्रालयका अनुसार अहिले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर बाहिरबाट नेपाल आउनेको जाँच गरिएको छ । ‘रुघाखोकी, ज्वरो, छाती दुःख्ने र श्वाँसप्रश्वासमा गाह्रो भएको लक्षण देखियो भने चेकजाँच गरिन्छ । विमानस्थलमा टेम्प्रेचर लिने र स्कानर लिने काम हुन्छ । सयभन्दा बढी फरेनहाइट टेम्प्रेचर देखियो भने निगरानीमा राखिने गरेको मन्त्रालयले जनाएको छ ।

विरामी जाँचको व्यवस्था मिलाउन शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेका छन् । तयस्तै केही आईसोलेशन बेड पनि राखिएको छ । शुक्रराज ट्रपिकलसहित पाटन अस्पताल र सशस्त्रमा बेडहरु तयारी अवस्थाम राखिएको छ भने काठमाडौं उपत्यकाका सबै अस्पताललाई स्ट्याण्डबाई राखिएको छ ।

कोरोनाको असर यसरी फैलिंदै छ

चीनबाट फौलिएको कोरोना भाइरस ८४ वटा मुलुकमा पुगिसकेको छ । यसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ८५ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन् ।

चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भईसकेको छ । २ सय ७३ मध्ये ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ ।

चीनबाहिर १४ हजार ९ सय २ जनामा कोरोनाको संक्रमण देखिएको छ भने उपचारपछि घर फर्कने मानिसको संख्या ५३ हजार ६ सय ८८ छ ।