neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा कोराना भाईरसको संक्रमणप्रति चासो व्यक्त

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा कोराना भाईरसको संक्रमणप्रति चासो व्यक्त

Mar 4th, 2020

काठमाडौ, फागुुन २१

विश्वभरि नोबल कोरोनाभाइरस (कोभिड–१९) फैलिँदै गएकोे तथा मुलुकमा पनि भाइरस संक्रमणमा जोखिम बढ्दै गएको सन्दर्भमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक, कर्मचारी, सरोकारवाला तथा समग्र देशवासीहरूप्रति चासो÷सरोकार व्यक्त गर्दछ ।

यसै विषयलाई मध्यनजर गर्दै बैंकले कोरोनाभाइरसको विस्तार विरुद्धको रोकथामसम्बन्धी उपायहरू अबलम्बन गर्न सरु गरिसकेको छ । बैंकिङ सेवा लिन आउने ग्राहकहरुको सुरक्षाका लागि कार्यालय परिसरको प्रवेश र निकासद्धारमा सेनिटाइजेसन र बच्ने उपायहरु उल्लेख गरिएको सुचना टासिएको छ । सबै ग्राहकहरुलाई कार्यालय प्रवेस गर्दा उपलब्ध गराइएको सेनिटाइजेसन प्रयोग गरी भाइरस प्रभावित हुनबाट सतर्क रहन अनुरोध गर्दछ ।

विश्व स्वास्थ्य संगठनद्वारा गरिएका सिफारिस र सुरक्षा उपायहरूलाई ध्यानमा राखी नेपाल सरकारले जारी गर्ने सुरक्षा र रोकथाम सम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाल इन्भेष्टमेन्ट बैंक समग्र देशवासीहरूलाई अपिल गरेको छ ।