neapl investment mega bank

विभिन्न धनमाल चोरी

Mar 4th, 2020

काठमाडौं, फागुन २१

काठमाडौं महानगरपालिका ४ पानीपोखरीमा डेरा गरी बस्ने तनहुँ चन्द्रावती नगरपालिका(१३ घर भएका कमलहरी जिसीको कोठाबाट १ तोलाको सुनको औंठी, १ थान घडी र नगद ५२ हजार रुपैयाँ समेत गरी १ लाख ५२ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

ललितपुरको ललितपुर महानगरपालिका २८ हरिसिद्धीस्थित निरन्जन बरालको घरबाट १.५ तोला सुनका विभिन्न गहना गरी करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।