काठमाडौं, फागुुन २१
सेञ्चुरी कमर्सियल बैंक र कमलपोखरी, काठमाण्डौ स्थितगम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबिच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले गम्स एण्ड गिगल्स डेन्टलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र गम्स एण्ड गिगल्स डेन्टलकी डा. नियुक्ति अर्जालले हस्ताक्षर गरेकाछन ।