neapl investment mega bank

मेटलाइफको नयाँ शाखा जनकपुरमा

Mar 3rd, 2020

काठमाडौँ, २० फागुन

मेटलाइफले यो साता प्रदेश नं २ अन्तर्गत, धनुषा जिल्लाकोे जनकपुरमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठल अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उत्घाटन गरेका थिए । यस नयाँ शाखासँगै मेटलाइफको नेपालमा कुल ३३ वटा कार्यालय पुग्ने कम्पनीले जनाएको छ ।

नयाँ शाखा कार्यालय जनकपुरको भानुचोकमा रहने छ । यसरी भएको विस्तारले धनुषाको जनकपुर क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुविधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा विश्वास लिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्ने छ ।