काठमाडौँ, १८ फागुन (रासस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनीयर सुवास बस्नेत र श्री डिस्टिलरी प्रालिका अध्यक्ष धनेन्द्र खड्काविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार झापा जिल्लामा सडक ग्राभेलको काम गर्दा बिल भरपाई गरी भुक्तानी गर्ने प्रयोजनका लागि घुस माग गरेको अभियोग तिनलाई लागेको छ । उनीहरुले पटकपटक गरी रु ३७ लाख ५० हजार बराबरको घुस लिएको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो । सिडिई बस्नेतले आफन्त पर्ने कार्कीको श्री डिस्टिलरी प्रालिको बैंक खातामा रकम जम्मा गर्ने गरेको पाइएको छ ।