neapl investment mega bank
  • गृहपृष्ठ
  • एभरेष्ट बैंकद्वारा न्यूरोड कम्प्लेक्समा सारिएको न्यूरोड शाखाको औपचारिक उद्घाटन

एभरेष्ट बैंकद्वारा न्यूरोड कम्प्लेक्समा सारिएको न्यूरोड शाखाको औपचारिक उद्घाटन

Mar 1st, 2020

काठमाडौ, फागुुन १८

एभरेष्ट बैंकले आफ्नो न्यूरोड कम्प्लेक्समा अवस्थीत न्यूरोड शाखा औपचारिकरुपमा संचालनमा ल्याएको छ । बैंकको नयाँ परिसरमा ग्राहकमैत्री संरचना मात्र नभएर यसले आधुनिक बैकिङ्ग सुविधाहरु पनि प्रदान गर्दछ ।

नयाँ शाखा परिसरको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले गरेका हुुन । सोही समारोहमा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकहरुलाई संयुक्तरुपमा सम्मानित गरेका छन् । चेक डिपोजीट, यूटिलिटी बिल भुक्तानी र एटीएम जस्ता आधुनिक बैकिङ्ग सुविधाहरु र ई–लबी मार्फत ग्राहकहरुलाई सहज बैकिङ्ग सेवा प्रदान गर्न यो शाखालाई डिजाइन गरिएको छ । सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा. सन्धिर कुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।

इबीएलको हाल ग्राहक संख्या १० लाख भन्दा बढि रहेको छ । एभरेष्ट बैंक, हालै बेष्ट म्यानेज्ड कर्मसियल बैंक २०१९ सम्मानित बैंक हो । बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएम बाट मजबुत सेवा प्रदान गदै आईरहेको छ ।