neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “आर्ट अफ सक्सेस” कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “आर्ट अफ सक्सेस” कार्यक्रम सम्पन्न

Mar 1st, 2020

काठमाडौ, फागुुन १८

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले यही फागुुन १० गते बसून्धारा बैंक्वेट काठमाडौंमा आर्ट अफ सक्सेस” कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिबृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरिय बनाउने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा चार सय भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका प्रमूख व्यवसाय अधिकृत भूषण रिमालले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसंग आवद्ध काठमाडौ उपत्यका भित्रका सिटिजन लिडर र कर्मचारीहरुलाई स्वागत गर्दै कार्यक्रमको शूभारम्भ गरेका थिए । उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमूख कार्यकारी अधिकृत पोषक राज पौडेल र प्रमूख बजार व्यवस्थापन अधिकृत कवि फूयाँलबाट पानसमा बत्ती बालेर समुुद्धघाटन भएको थियो ।

कार्यक्रममा प्रशिक्षक डा. मदनराज बिष्टले भावनात्मक मानव सम्बन्ध, अन्तर मनद्वारा योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हूनेपर्ने गूणाहरुबारे प्रकाश पारेका थिए । व्यक्तिगत तथा व्यवसायिक रुपमा लाभमय क्रियाकलापको कारण लिडरहरुको बेजोड संलग्नता रहेको थियो । पांच घण्टाको कार्यक्रम अत्याधिक ज्ञानबर्धक, मनोरञ्जनात्मक तथा प्रभावकारी रहेको थियो ।

समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमूख कार्यकारी अधिकृत पोषक राज पौडेलले कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा धन्यवाद ज्ञापन गर्दै एजेन्सीको विकासको बारेमा प्रकाश पारेका थिए । उनले आगामी दिनहरुमा बीमामा आबद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि लिडरहरुलाई प्रेरित गरे ।