neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Feb 29th, 2020

काठमाडौं, १७ फागुन

पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित संकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ६ सय ग्राम सहित भारत बिहार बस्ने ३३ वर्षीय अजय सहनी समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो सहित चितवन रत्ननगर नगरपालिका-८ बस्ने २२ वर्षीय अजय लामालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले पोखराबाट वीरगंजतर्फ जाँदै गरेको ग.१ ख ६१७० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।