neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Feb 29th, 2020

काठमाडौं, १७ फागुन

नवलपरासी(पूर्व), कावासोती नगरपलिका-८ थकाली चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ बरेङ्ग गाउँपालिका-४ बस्ने १९ वर्षीय एलिस थापा, मध्यबिन्दु नगरपालिका-१० बस्ने १९ वर्षीय यम बहादुर पाटा मगर र गोरखा भिमसेन गाउँपालिका-८ बस्ने २६ वर्षीय राजु सुनार रहेका छन् । उनीहरुमध्ये थापाको साथबाट नाईट्रोभेट ४० एम्पुल, इस्पास्मो ५ एम्पुल तथा मगरको साथबाट नोर्फिन ६ एम्पुल, फेनारगन ६ एम्पुल, डाईजेपाम ६ एम्पुल र सुनारको साथबाट फेनारगन ५० एम्पुल, नोर्फिन ५० एम्पुल र डाइजेपाम ५० एम्पुल लागूऔषध बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले लु।१ ख ७८०२ नम्बरको बसमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा ६ किलो सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत विहारका ३५ वर्षीय दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी रहेका छन् । अवैध लागूऔषध गाँजा खरिद गरी भारततर्फ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी ईनवा पर्साबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाइ पैदल हिँडदै भारततर्फ जाँदै गरेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।