neapl investment mega bank
  • गृहपृष्ठ
  • बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ

बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ

Feb 29th, 2020

धादिङ, १७ फागुन

बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी गल्छी गाउँपालिका-३ छाङ्गेटार बस्ने ईच्छुक भन्ने ३५ वर्षीय त्रिचन्द्र देवकोटालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

देवकोटा २०७६ असार १० गते सिद्धलेक गाउँपालिका-६ स्थित कालुपाण्डे राजमार्गमा तरकारी राख्ने क्रेटमा बम राखी स्थानीय मानिसहरुलाई तथा राजमार्गमा संचालन हुने सवारी चालकलाई समेत आतंकित बनाउने, २०७५ फागुन ११ गते थाक्रे गाउँपालिका-११ मान्खुस्थित एनसिएल टावरमा आगजानी र २०७५ माघ २५ गते सिद्धलेक गाउँपालिका-१ बैरेनीस्थित कालुपाण्डे राजमार्गमा प्रेशरकुकर बम राखी राजमार्ग सडक अवरोध गरी स्थानीय मानिसहरुलाई आतंकित बनाउने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।