neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा ईटहरीमा नवनिर्मित सैनिक अस्पतालको उद्‍घाटन

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा ईटहरीमा नवनिर्मित सैनिक अस्पतालको उद्‍घाटन

Feb 28th, 2020

इटहरी, १६ फागुन

इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० श्ययाको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज एक विशेष समारोहका बीच सुनसरी जिल्लाको ईटहरीस्थित नवनिर्मित ५० सैय्या क्षमता भएको सैनिक अस्पतालको समुद्‍घाटन गर्नु भएको छ ।

नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र सैनिकहरुका आश्रित परिवारहरुलाई स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले श्री सैनिक कल्याणकारी कोषको लगानीमा उक्त अस्पताल निर्माण गरिएको हो । उक्त सैनिक अस्पताल आजबाट संचालनमा आएको छ । उक्त अस्पतालमा जनरल ओ.पि.डि., मेडिकल ओ.पि.डि., डेन्टल, प्याथोलोजी, ई.एन.टि., गाईनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओ।टी। लगायतका सेवाहरु संचालनमा ल्याइएको छ ।

उक्त उद्‍घाटन कार्यक्रममा बलाध्यक्ष रथी, अन्य बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, नेपाली सेनाका सकलदर्जा, संचारकर्मी तथा विभिन्‍न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।