आधारभूमी संवाददाता
काठमाडौं, १६ फागुन
सरकारले ६ महिनाको अवधिमा ४ खर्ब २२ अर्ब ५५ करोड ६ लाख खर्च गरेको छ । यो कुन विनियोजित बजेटको २७.६ प्रतिशत हो । यो अवधिमा ३ खर्ब ९ अर्ब ६० कुरो चालु खर्च भएको छ, जुन चालुतर्फको विनियोजित बजेटको ३२.४ प्रतिशत रकम हो ।
चालू खर्च ३२ प्रतिशत हुँदा विकास खर्च भने त्यसको आधा मात्र भएको छ । ६ महिनमा ६२ अर्ब ७६ करोड विकास बजेट खर्च भएको छ । ६ महिनामा १५.४ प्रतिशत मात्रै विकास बजेट खर्च भएको हो । ५० अर्ब १७ करोड वित्तीय बजेट खर्च भएको छ । वित्तीयतर्फ २९.९ प्रतिशत वित्तीय खर्च भएको छ ।
बजेट खर्च कम भएको र यसलाई बढाउनुपर्ने अर्थमन्त्रालयको मुख्य चुनौतीका रुपमा देखिएको छ । बजेट खर्च गर्न सकस परेपछि सरकारले ९ खर्ब ४ अर्ब ४६ करोड मात्रै बजेट खर्च गर्ने लक्ष्य राखेको छ । त्यस्तै सरकारले पुँजीगत खर्चको आधार पनि घटाएर ३ खर्ब ३२ अर्ब ५० करोडमा सीमित गरेकोे छ ।
गौरवका आयोजना सुस्त बन्दै
राष्ट्रिय गौरवका आयोजना यस वर्ष पनि सुस्त गतिमा छन् । गौरवका आयोजनामा चालू अर्थिक वर्षमा अत्यन्तै कम खर्च भएका कारण लक्ष्यको नजिक पुग्न समेत कठिन देखिएको छ ।
अर्थ मन्त्रालयले गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटको अर्धवार्षिक समीक्षामा राष्ट्रिय गौरवका आयोजनाको खर्च १८.७ प्रतिशत भएको देखिएको छ । मन्त्रालयको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष राष्ट्रिय गौरवका आयोजनामा ६ महिनामा १९ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ ।
सरकारले २३ वटा गौरवका आयेजना मध्ये २२ आयोजनाका लागि एक खर्ब दुई अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालु आवमा चार खर्ब ८० अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको छ । यस बजेटको एक चौथाई मात्र खर्च भएको छ ।
राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरिएका २३ मध्ये पाँच परियोजनाको खर्च शून्य छ । चालु आवमा वित्तीय प्रगति हुन नसकोकबा आयोजनाहरुमा निजगढ अन्तर्रािष्ट्रय विमानस्थल, पशुपति क्षेत्र विकास कोष, बूढीगण्डकी जलविद्युत् आयोजना, परिश्चम सेती जलविद्युत् आयोजना र विद्युत् प्रसारण आयोजना रहेका छन् ।
त्यस्तै काठमाडौं–तराई द्रुत मार्गको वित्तीय प्रगति न्यून देखिएको छ । चालु आबको पहिलो ६ महिनामा यो मार्गको वित्तीय प्रगति जम्मा २ प्रतिशत मात्र भएको छ ।
आयोजनाको निर्माण मोडालिटी, कुल लागत, समयावधि, जग्गा प्राप्ति/मुआब्जा, पुनर्वास र डीपीआरलगायत आधारभूत पूर्वतयारी बिना अघि बढाउँदा आयाजनाको प्रगतिमा समस्या बाधा पुगेको हो ।
अर्थमन्त्री युवराज खतिवडाका अनुसार सार्वजनिक खरिद नियमावली बारम्बार परिवर्तन भएकाले पुँजीगत खर्च अपेक्षाकृत रूपमा बढ्न नसकेको हो । राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन र सञ्चालन गर्ने एकीकृत कानुन तर्जुमा नहुँदा पनि आयोजना चुस्त रुपले बढ्न नसकेको देखिन्छ ।
आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ रहेकोमा निर्माण अवधि लम्बिन गई संशोधित लागत करिब ४९ अर्ब २९ करोड पुग्ने अनुमान छ । चालु आवमा एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकामा ६६ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ । यो विनियोजित बजेटको ६६.७ प्रतिशत हो ।
यी हुन गौरवका आयोजना
वुढीगण्डकी जलविद्युत आयोजना, पश्चिम सेती जलविद्युत आयोजना, भैरहवा क्षेत्रीयरअन्तर्रा्ष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय र अन्तर्रा्ष्ट्रिय विमानस्थल, दोस्रो अन्तराष्ट्रिय विमानस्थल बारा, पशुपति क्षेत्र विकास कोष, लुम्विनी क्षेत्र विकास कोष, मध्य पहाडी (पुष्पलाल) लोकमार्ग, पूर्व पश्चिम रेलमार्ग, हुलाकी लोकमार्ग ।
त्यस्तै उत्तर दक्षिण (कोशी) लोकमार्ग, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग काठमाण्डौ तराई–मधेस दु्रतमार्ग, मेलम्ची खानेपानी आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लगायत २१ वटा गैरवका आयोजना छन् ।