neapl investment mega bank
  • गृहपृष्ठ
  • धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Feb 28th, 2020

ललितपुर, १६ फागुन

धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा ललितपुर महानगरपालिका-५ लगनखेल बस्ने दोलखा घर भएका ३० वर्षीय बिकास आचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सामान्य बिबादमा उनले ललितपुर महानगरपालिका-५ लगनखेल बस्ने दोलखा घर भएका २४ वर्षीय सन्तोष खातीलाई छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते सन्तोष खातीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।