neapl investment mega bank

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Feb 28th, 2020

काठमाडौं, १६ फागुन

चन्द्रागिरी नगरपालिका-४ खरिबोटबाट सिम्रिक मोटरपार्टस पसलमा जुवातास खेलिरहेको अबस्थामा पसल संचालक सोही ठाउँ बस्ने बिजय प्रकाश श्रेष्ठ सहित ५ जनालाई नगद ७९ हजार ९ सय ८० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।