काठमाडौ, फागुुन १५
फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमोवाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । बिएस ६ प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर फोर फोर टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा उतारेको हो । विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ । यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ र यो अफरोड तथाउपरखापड सडकमा पनि सजिलैसँग चलाउन सकिन्छ ।
उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट एया्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडीहो साथै चाहेको दायरामा रहेरगियर लक गने सुविधा पनि यसमा रहेको छ ।
पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथ ैआरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् । १४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२०एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ । एसयूवीचालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ ।
डिजेल गेम चेंन्जर – अल न्यू फोर्ड २.० लिटर ईको ब्लू इन्जिन
२०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिनका कारण इंधन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ ।
एन्डेभर को यस संस्करणमा आइपुग्दा १७० पीएस पिकपावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ । फोर फोर भेरीयन्टको ईकोब्लूयुक्त यस गाडीमा विशिस्ट इन्धन क्षमता रहेको छ जसले १२.४ किलोमिटरप्रति लिटरमाइलेज दिन्छ । फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुपहो, जसले ध्वनिउत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ । उत्कृष्ट प्रदर्शन र टेक्नोलोजी काकारण विभिन्न अवार्डले पुरस्कृत यो कारमा पूर्ण नयाँ डिजाइन, बहु आविस्कार सहितका विशेषताहरू छन ।