neapl investment mega bank
  • गृहपृष्ठ
  • फ्रान्स पठाईदिन्छु भनी ठगी गर्ने महिला पक्राउ

फ्रान्स पठाईदिन्छु भनी ठगी गर्ने महिला पक्राउ

Feb 27th, 2020

काठामडौ, फागुुन १५

फ्रान्स पठाईदिन्छु भनी ठगी गर्ने महिला पक्राउ परेकीछन । महानगरीय अपराध महाशाखा टेकुका अनुसार रुपन्देही जिल्लाको दुधराक्ष गा.वि.स..वडा नं. ०५ घर भई हाल का.जि.तारकेश्वर न.पा. वडा नं.१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ बर्षिया श्रीषले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा ( प्याकिङ फुड ) कामको लागि आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्वासस दिलाई विभिन्न मितिहरुमा तीन जना व्यक्तिहरु समेतको जम्मा ३८ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार ति महिलाले रकम लिर्ई सम्पर्क विहीन भई रकम ठगी गरेको भनि शिर बहादुर थापा समेतले महाशाखामा यही माघ २८ गते जाहेरी दिएकोमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले श्रीषलाई खोज तलास गर्ने क्रममा यही फागुुन १४ गते अन्दाजी चार बजेको समयमा का.जि.तारकेश्वर वडा नं. १९ बासुकिनाग मार्ग मनमैजुमा फेला पारी पक्राउ गरी आज बुुधबार महानगरीय प्रहरी परिसर ,काठमाण्डौमा आवश्याक अनुसन्धान तथा कारवाहीको लागी पठाएको जानकारी दिएको छ ।