काठमाडौ, फागुुन १५
नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु कुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनित भएकाछन । नेपाल उद्योग परिसंघको गभर्निङ्ग काउन्सिल र पदाधिकारी समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्था अनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो । वरिष्ठ उपाध्यक्षमा मनोनित विष्णु कुमार अग्रवाल परिसंघको उपाध्यक्षमा कार्यरत रहेकाछन ।
परिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषदको सदस्यका साथै विभिन्न समितिको संयोजकको रुपमा सेवा गर्दै आएकाछन । परिसंघको विगत १३ औँ वार्षिक साधारण सभापछि उपाध्यक्ष पदमा निर्वाचित उनी नेपालको विभिन्न उद्योग, बैँक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग आवद्ध रहेकाछन ।
परिसंघसँग आवद्ध सिएनआईको संस्थापक समेत रहेका अग्रवाल परिसंघबाट विगत वर्षहरुमा आयोजित तीन वटा पूर्वाधार सम्मेलनहरुको सफल आयोजना गर्नमा महत्वपूर्ण भूमिका खेलेकाछन । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ ।