neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा पोखरामा नवनिर्मित सैनिक अस्पतालको उद्‍घाटन

प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा पोखरामा नवनिर्मित सैनिक अस्पतालको उद्‍घाटन

Feb 26th, 2020

पोखरा, १४ फागुन

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज कास्की जिल्लाको पोखरामा बहालवाला तथा भु.पू.सैनिक र आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० बेड क्षमता युक्त सैनिक अस्पतालको उद्‍घाटन गर्नु भएको छ ।

उक्त सैनिक अस्पताल आजबाट संचालनमा आएको हो । अस्पतालमा जनरल ओ.पि.डि., मेडिकल ओ.पि.डि., डेन्टल, प्याथोलोजी, ई.एन.टि., गाईनो, फार्मेसी, रेडियोलोजी र माइनर ओ.टी. लगायतका सेवाहरु संचालन गरिएको छ ।

उक्त उद्‍घाटन कार्यक्रममा बलाध्यक्ष रथी, अन्य बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, नेपाली सेनाका सकलदर्जा, संचारकर्मी तथा विभिन्‍न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।