neapl investment mega bank
  • गृहपृष्ठ
  • मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

Feb 26th, 2020

झापा, १४ फागुन

गौरीगंज गाउँपालिका-६ देवीगंजबाट बिआर ३८८१३५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका-७ ग्वालडुब्बा बस्ने ३७ वर्षीय कालचन माक्रा र गौरीगंज गाउँपालिका-६ बस्ने २७ वर्षीय शरद कुमार माक्रा रहेका छन् । गौरीगंज गाउँपालिका-६ देवीगंज बस्ने उपेन्द्र यादवको घरबाट सोमबार राति उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा कालचनको घरमा मोटरसाइकल चोरी गरी लुकाइछिपाई राखेको अवस्थामा फेला पारी चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।