neapl investment mega bank
  • गृहपृष्ठ
  • दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित चार जना पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित चार जना पक्राउ

Feb 26th, 2020

काठमाडौं, १४ फागुन

बुढानिलकण्ठ नगरपालिका-१२ कपन खरिबोटबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला १ थान सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली तिनपाटन गाउँपालिका-४ बालाजोर घर भई काठमाडौं कपन पैंयुटार बस्ने ३९ वर्षीय सूर्य बहादुर भुजेल, धादिङ धुनिबेसी नगरपालिका-७ झाप्रे घर भई ललितपुर ढोलाहिटी बस्ने ४० वर्षीय सुक बहादुर लामा, कास्की मादी गाउँपालिका-८ तारकाङ घर भई काठमाडौं गौशला बस्ने ३७ वर्षीय युबराज सापकोटा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ कपन घर भएकी ४० वर्षीया कमला तामाङ रहेका छन् ।

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अबैध रुपमा ओसारपसार तथा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका सबै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।