neapl investment mega bank
  • गृहपृष्ठ
  • स्ट्यान्डर्ड चार्टड बैंक र एनसिसिको कल डिपोजिट सबैभन्दा धेरै, राष्ट्र बैंकको निर्देशन पालना गर्न आनाकानी

स्ट्यान्डर्ड चार्टड बैंक र एनसिसिको कल डिपोजिट सबैभन्दा धेरै, राष्ट्र बैंकको निर्देशन पालना गर्न आनाकानी

Feb 26th, 2020

आधारभूमी संवाददाता

काठमाडौं, फागुन १४

वाणिज्य बैंकले स्वीकार गर्ने कल डिपोजिटको अंश कुल निक्षेप दायित्वको १० प्रतिशत र ‘ख’ तथा ‘ग’ वर्गका वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी कायम गर्न नपाइने व्यवस्था गरिएको छ । तर १६ वटा बाणज्य बैंकले भने यस्तो व्यवस्था कायम गरेका छैनन् ।

बैंकहरुले उपलब्ध गराएको तथ्यांक अनुसार गत पुससम्ममा एनसीसी बैंकको कल डिपोजिट कुल निक्षेपको २४.१५ प्रतिशत छ। जुन सबैभन्दा उच्च हो । त्यसैगरि स्ट्यान्डर्ड चार्टर्ड बैंकको कल डिपोजिट २१ प्रतिशत छ ।

कल डिपोजिट भएका बैंक तथा वित्तीय संस्थाले ०७७ असारसम्म सो सीमाभित्र ल्याइसक्नू पर्ने राष्ट्र बैंकको निर्देशन छ । अहिलेसम्म १६ वटा बैंकहरुले यसलाई पालना गरेका छैनन् ।

साथै सिटिजन्स, एभरेस्ट, माछापुच्छ्रे, मेगा, नेपाल बंगलादेश, नेपाल इन्भेस्टमेन्ट, एनएमबी, प्रभु र सिद्धार्थ बैंकको कल निक्षेप १० प्रतिशतभन्दा बढी छ। ।

त्यसैगरि प्राइमको २०, सिभिलको करिब १६, सेन्चुरीको १५, कुमारीको १६ र नबिलको १३ प्रतिशत कल डिपोजिट रहेको देखिन्छ ।

एनआईसी एसिया, एसबीआई, राष्ट्रिय वाणिज्य, सानिमा, कृषि विकास बैंक, बैंक अफ काठमान्डू, ग्लोबल आईएमई, हिमालयन, नेपाल बैंक, र सनराइज बैंकले भने राष्ट्र बैंकको निर्देशन पालना गरेका छन् ।

प्राकृतिक व्यक्ति र मुनाफा कमाउने उद्देश्य नराखी स्थापना भएका संघ संस्थाले व्याज आउने बचत खाता खोल्न पाउँछन् । तर नाफा कमाउने उद्देश्यले स्थापना भएका फर्म, कम्पनी, संस्थान आदिले बचत खाता खोल्न पाउँदैनन्।

कानुनी व्यक्ति र प्रबन्धले चल्ती खाता खोली कारोवार गर्दछन्। चल्ती खातामा ब्यउाज नपाइने भएपछि व्याज आम्दानीका लागि कल डिपोजिट खाताको प्रचल ल्याइएको हो ।

यसमा चेक बुक जारी गरिँदैन। तर निक्षेप भने माग गर्ने वित्तिकै बैंकले भुक्तान गर्नुपर्छ । त्यसैले यसको नाम नै कल डिपोजिट भनेर राखिएको हो। आफुलाई चाहिएको बेलामा निक्षेप बाहिर जान सक्छ। नचाहिएको बेलामा थुप्रिन सक्दछ। निक्षेप आएपछि व्याज दिनै पर्यो। व्याज खर्च बढि हाल्छ। तर, कल निक्षेप बढ्दैमा दीर्घकालिन कर्जा प्रवाह गर्ने निर्णय लिन पनि सकिदैन। त्यसैले, कल डिपोजिटलाई अस्थिर किसिमको निक्षेप मानिन्छ । बैंक जोखिममा पर्न सक्ने देखेर नै राष्ट्र बैंकले यसको हिस्सा घटाएको हो ।

स्रोतः नेपाल बैंकर्स संघ