neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद

Feb 24th, 2020

काठमाडौं, फागुन १२

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट फागुन ११ गते एपीएफ टोलीले करीब दुई लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र जुत्ता बरामद गरेको छ ।

भारतबाट भन्सार छली अवैध रुपले दुई वटा मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाइकल समेत बरामद गरेको छ ।

बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य एक लाख २० हजार रुपैयाँ रहेको छ । यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ ढुंगानाटोलबाट फागुन १२ गते एपीएफ टोली र सेती भन्सार कार्यालयका कर्मचारीले करीब दुई लाख ३६ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सेतो मटर बरामद गरेको छ ।

नेपालबाट भारततर्फ अवैध रुपले लैजाँदै गरेको उक्त सेतो मटर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खकरौलाबाट खटिएको एपीएफ टोली र सेती भन्सार कार्यालयका कर्मचारीलीले बरामद गरेको हो । बरामद मटर सेती भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।