neapl investment mega bank
  • गृहपृष्ठ
  • फेवा तालमा खसेका एक जनाको एपीएफ टोलीद्वारा सकुशल उद्धार

फेवा तालमा खसेका एक जनाको एपीएफ टोलीद्वारा सकुशल उद्धार

Feb 24th, 2020

कास्की, फागुुन १२

कास्की जिल्लाको पोखरा महानगरपालिका १८ खपौदी स्थित फेवातालमा खसेका एक जना व्यक्तिको एपीएफ टोलीले फागुन १२ गते सकुशल उद्वार गरेको छ ।

सो तालमा काठको डुङ्गामा सवार गरिरहेका कास्की जिल्ला पोखरा महानगरपालिका १८ खपौदी बस्ने ५० वर्षिय बुद्धी जलारी अचानक फेवातालमा खसेका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेक्वा कास्कीबाट फेवाताल रेक्स्यु टावरमा खटिएको एपीएफ टोलीले निज जलारीलाई सकुशल उद्वार गरेको हो ।