neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरी पोशाकमै श्रीमतीसँग टिकटक बनाउँदा सई कारवाहीमा

प्रहरी पोशाकमै श्रीमतीसँग टिकटक बनाउँदा सई कारवाहीमा

Feb 24th, 2020

भक्तपुर, १२ फागुन (रासस)

लामो समयदेखि भक्तपुरमा रहेर काम गर्दै आएका प्रहरी नायब निरीक्षक रत्नबहादुर थापा टिकटकका कारण कारवाहीमा परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुर र मातहतका प्रभागको इञ्चार्ज सम्हालेर प्रहरी सेवामा राम्रो छवि बनाउँदै आएका प्रहरी नायब निरीक्षक थापा प्रहरी पोशाकमै श्रीमती दिलु मगरसँग बसेर टिकटक बनाएपछि कारवाहीमा पर्नुभएको हो ।

प्रहरी पोशाकका रत्नसँगै श्रीमती दिलुले बनाएको एउटा टिकटक र रत्नको प्रहरी पोशाक श्रीमतीले लाएर हातमा पेस्तोल समातेर खिचेको फोटोसहितको टिकटक सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले थापालाई रानीपोखरी तानेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले प्रनानि थापालाई रानीपोखरीले तानेपछि उहाँले इञ्चार्ज सम्हाल्दै आएको चाँगुनारायण नगरपालिकास्थित प्रहरी प्रभाग सुडालमा आजै प्रनानि राजु प्रसाईंलाई पठाएको जानकारी दिनुभयो ।