neapl investment mega bank
  • गृहपृष्ठ
  • चुस्त रुपले अघि बढेन सम्पदा पुननिर्माण, काहाँ अड्कीयो पुरातत्व विभाग ?

चुस्त रुपले अघि बढेन सम्पदा पुननिर्माण, काहाँ अड्कीयो पुरातत्व विभाग ?

Feb 24th, 2020

आधारभूमी संवाददाता

काठमाडौं, १२ फागुन

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले ४ वर्षको अवधिमा विभिन्न ६ वटा क्षेत्रमा ८३ प्रतिशत प्रगाति गरेको दावी गर्छ । तर भुकम्पले क्षति पुर्याएका सम्पदाको पुननिर्माण भने सुस्त भएको छ ।

सम्पदाको पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको पुरातत्व विभागले अझैपनि भूकम्पबाट क्षति पुगेका ५ सय २० वटा सम्पदाको पुर्ननिर्माण गर्न सकेको छैन ।

भूकम्पले उपत्यकाका ५ सय ४० वटा सास्कृतिक सम्पदाहरुमा क्षति पुर्‍याएको थियो । तीमध्ये अहिलेसम्म १ सय ६१ वटा सम्पदाको मात्र पुनर्निर्माण सम्पन्न भएको पुरातत्व विभागको तथ्याङ्कमा उल्लेख छ ।

भूकम्पले क्षति पुर्‍याएका ऐतिहासिक पुरातात्विक तथा साँस्कृतिक महत्वका ७ सय ३७ सम्पदाहरुको पुनर्निर्माणको काम पुरातत्व विभागले गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुर्ननिर्माण को क्षेत्रमा ८३ प्रतिशत प्रगति गरेको वताइरहँदा ४ सय सम्पदा मात्र पुनर्निर्माण भएका छन् ।

त्यस्तै १ सय ८३ वटा सम्पदाको पुनर्निर्माण विभिन्न संघ संस्थाहरुले गरिरहेका छन् । भुकम्पले ९ सय २० सम्पदामा क्षति पुगेको थियो ।

काठमाडौंमा हालसम्म ९९ वटा सम्पदा मात्र पुनर्निर्माण भएका छन् भने चालू आर्थिक वर्षमा १ सय ६८ सम्पदाहरु पुनर्निर्माण गर्ने विभागको लक्ष्य छ ।

त्यस्तै ललितपुरका क्षतिग्रस्त १ सय २३ सम्पदाहरुमध्ये हालसम्म ३० वटा सम्पदा मात्र पुनर्निर्माण भएका छन् । भक्तपुर जिल्लामा क्षति पुगेका ९८ सम्पदामध्ये हालसम्म ४० वटाको मात्र पुनर्निर्माण गरिएको छ ।

४ सय सम्पदा पुनर्निर्माणका लागि २ अर्ब ३९ करोड ८१ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ विभागले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षमा सम्पदा पुनर्निर्माणका लागि ९६ करोड ७९ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।