neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल नष्ट

Feb 24th, 2020

काठमाडौं, १२ फागुन

झापा, मेचीनगर नगरपालिका-१३ चारालीस्थित सडकमा भद्रपुरबाट विर्तामोडतर्फ डिजेल लोड गरी आउँदै गरेको ना।३ ख ९७८४ नम्बरको ट्याङकरमा आइतबार दिउँसो वायरिङको तार सर्ट भई आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

पर्सा, बीरगंज महानगरपालिका(२१ परवानिपुर बस्ने किशोरी ठाकुरको घरको बरण्डामा पार्किङ गरी राखेका ना.३२ प १८२८, ना.१० प ८५५४ र प्रदेश २-०३-००५ प ७८५४ नम्बरका ३ वटा मोटरसाइकलमा आइतबार राति अचानक आगलागी हुँदा जलेर नष्ट भएका छन् ।

यसैगरी पर्सा, जिराभवानी गाउँपालिका-५ हरैया बस्ने अमिना चौधरीको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आइतबार बिहान आगलागी हुँदा चौधरीको गोठघर र सोही ठाउँ बस्ने सुरेन्द्र भण्डारीको कच्ची घर समेत जलेर दुबै जनाको गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।