neapl investment mega bank

नगद तथा गहना चोरी

Feb 24th, 2020

भक्तपुर, १२ फागुन

मध्यपुर ठिमी नगरपालिका-९ निकोसेरा बस्ने रमेश कृष्ण अधिकारीको घरबाट आइतबार साँझ नगद १२ हजार रुपैयाँ, अमेरिकी डलर ८१ र सुनका बिभिन्न गहना समेत गरी करिब ६ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।