neapl investment mega bank

चोरी गरेको अभियोगमा पक्राउ

Feb 24th, 2020

ललितपुर, १२ फागुन

ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित पशुपति भिभान्ता नामक जुस स्टोरबाट नगद चोरी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकी खड्का गाउँ डेरा गरी बस्ने खगेन्द्र कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्टोरबाट गत शुक्रबार नगद ३० लाख रुपैयाँ सहित जिन्सी धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले सोही स्टोरमा काम गर्ने थापाको कोठामा तलासी लिने क्रममा झोलामा लुकाई छिपाई राखेको अवस्थामा नगद २० लाख ५० हजार रुपैयाँ, घटनास्थलमा प्रयोग गरेको छाता, मोबाइल र ज्याकेट समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।

थापालाई चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।