neapl investment mega bank

मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु

Feb 24th, 2020

भक्तपुर, १२ फागुन

भक्तपुर नगरपालिका-९ च्यामासिंहस्थित सडकमा बा.३ क ३५८८ नम्बरको ट्रकले आइतबार साँझ ठक्कर दिंदा सोही नगरपालिका-१० कमलबिनायक बस्ने ११ वर्षीय पैदलयात्री तिलक मकाजुको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका तिलकको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुर हुँदै बिएण्डबि अस्पताल ग्वार्खो ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालक रोल्पा रुम्तीगढी गाउँपालिका-१ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-१० भातेढिकुर बस्ने २६ वर्षीय शुरेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।