neapl investment mega bank
  • गृहपृष्ठ
  • सुर्यविनायक जडिवुटी सडकखण्डमा ट्राफिक व्यवस्थापनमा थप सुधारका लागि बस लेनको अवरणा

सुर्यविनायक जडिवुटी सडकखण्डमा ट्राफिक व्यवस्थापनमा थप सुधारका लागि बस लेनको अवरणा

Feb 23rd, 2020

काठमाडौ, फागुन ११

उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले
सुर्यविनायक  -जडिवुटी सडकखण्डमायात्रुवाहक तथा मालवाहक सवारी साधनरकम गतिमा गुड्ने सवारी साधनहरूबायाँ लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने लेनबाट मात्र चलाउने व्यवस्था फाल्गुन १४ गतेदेखि लागू गरिने भएको छ ।

पछिल्लो समय उपत्यकाको सवारी आवागमनलाई थप सहज एव प्रभाबकारी बनाउन प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले सूर्य्बिनायक जडीबुटी सडकखण्डको अनुगमन गरि तत्काल उक्त सडक खण्डको ट्राफिक व्यबस्थापनमा सुधार गर्न यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने सवारी साधन बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधनहरु दाहिने लेनबाट गुड्दा ट्राफिक व्यबस्थापन र दुर्घटना न्यूनिकरणमा उल्लेख्य सुधार हुन सक्ने भनि सुझाव पेश गरेको थियो । समितिको उक्त सुझावलाई तत्काल कार्यान्वयन गर्न ट्राफिक प्रहरी, सडक बिभाग,यातायातसँग सम्बन्धित सरोकारवाला निकाय र स्थानिय नागरिकहरु बीचसमन्वय एव सहकार्य गरीलेन र जेव्राक्रसिङ मार्किङ्ग, फुटपाथ तथा आकाशेपुलको उचित प्रयोग, ट्राफिक लाईट सञ्चालन, बसविसौनी तथा यात्रु प्रतिक्षालयको प्रयोग, प्रविधिहरूको प्रयोगवाट ट्राफिक नियम पालना जस्ता ट्राफिक व्यबस्थापनका बिषयमा छलफल गरितोकिएको लेनको प्रयोगलाई कार्यान्वयन गरिने भएकोछ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा लेन परिबर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउनेलगायतका असाबधानीलेदुर्घटनाको जोखिम बढ्ने हुनालेत्यस्ता सडकमा गुड्ने सवारी र सडकको अबस्था हेरीसुरक्षित तरिकाले निर्धा्रित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइसुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।उहाँले भन्नुभयोयो सडक व्यबस्थित र सुबिधायुक्त छ,यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तराष्ट्रिय अभ्यास समेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनिकरण हुने अपेक्षा गरिएकोछ ।

उक्त सडक खण्डलाई व्यबस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुदाँयसको प्रभाबकारी कार्यान्वयनमा सघाउका लागी सम्बन्धित सरोकारवाला संघ संस्था, नागरिक समाजबाट प्रतिनिधीत्व हुने गरि पुर्ब प्रहरी निरीक्षक सिताराम हाछेथुको संयोजकत्वमा यातायात र सडक बिभाग भक्तपुरको प्रतिनिधी रहेको ६ सदस्य अनुगमन समिति गठन गरिएको छ ।