neapl investment mega bank

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Feb 23rd, 2020

काठमाडौं, ११ फागुन

काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित दिपक कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय विजय राई समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद २६ हजार ४ सय ५० रुपैयाँ र २ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।