neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्री ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन जन्मघरमा

प्रधानमन्त्री ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन जन्मघरमा

Feb 23rd, 2020

उमेश नेपाली
म्याङ्लुङ, ११ फागुन(रासस)

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे आइपुग्नुभएको छ । उहाँलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्रीको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, सङ्गिनी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर, सङ्घीय सांसद विजय सुब्बा, गणेश विमलीलगायत हुनुहुन्छ ।

प्रधानमन्त्रीले आजै सुकेपोखरी–भदौरै सडकको शिलान्यास गर्नुभयो । त्यस्तै आठराई–१, सङ्कान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखाको पनि उहाँले उद्घाटन गर्नुभयो ।