neapl investment mega bank
  • गृहपृष्ठ
  • अश्लिल भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

अश्लिल भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

Feb 23rd, 2020

भक्तपुर, ११ फागुन

अश्लिल भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा सूर्यबिनायक नगरपालिका-५ कटुन्जेबाट ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका-६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार रहेका छन् । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।