neapl investment mega bank
  • गृहपृष्ठ
  • टर्की र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

टर्की र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Feb 23rd, 2020

काठमाडौ, फागुुन ११

टर्की र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरी अपराध महाशाखा टेकुुका अनुसार मोरङ जिल्लाको रतुवामाई न.पा.वडा नं. ०६ बुधबारे घर भई हाल का.जि.का.म.न.पा. वडा नं.६ चुच्चेपाटी बस्ने ५२ बर्षिय कमल प्रसाद पोखरेलले वैदेशिक रोजगारको सिलसिलामा टर्कि र ग्रीस वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई बिभिन्न व्यक्तिहरुलाई ठगी गरेका थिए ।

प्रहरीका अनुसार पोखरेलले बिभिन्न मितिहरुमा ३२ जना व्यक्तिहरु समेतको ३९ लाख ५६ हजार रुपैयाँ लिएर सम्पर्क विहीन भईफरार भई अलपत्र पारी रकम ठगी गरेको भनि गोपिराम पराजुलिले महाशाखामा जाहेरी दिएका थिए । पराजुलीले यही माघ १२ गते जाहेरी दिएकोमा महाशाखाबाट खटिएको प्रहरी टोलीले निज पोखरेललाई खोज तलास गर्ने क्रममा यही फागुुन आठ गते अन्दाजी १६ बजेको समयमा का.जि.का.म. न.पा. वडा नं. १२ टेकुमा फेला पारी पक्राउ गरी वैदेशिक रोजगार विभाग बुद्वनगर, काठमाण्डौमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागी पठाईएको प्रहरीले जानकारी दिएको छ ।