काठमाडौ, फागुन ११
सेञ्चुरी कमर्सियल बैंक र बर्दघाट, नवलपरासी स्थितरोयल कटेजबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले रोयल कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरेकाछन ।