neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

Feb 22nd, 2020

काठमाडौं, १० फागुन

रुपन्देही, कास्की, कैलाली, चितवन, नवलपारसी९पश्चिम० र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-९ मंगलापुरमा लु.४० प ५९४८ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक बुटवल उपमहानगरपालिका-६ बस्ने ३२ वर्षीय रोशन गुप्ताको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ ।

यसैगरी रुपन्देही, सियारी गाउँपालिका-२ मैनहियामा लु.७ प ६३३३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय संतोषी चौधरीकी छोरी १ वर्षीया करूणा चौधरीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका संतोषी चौधरी र मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कास्की, पोखरा महानगरपालिका-२२ स्थित सडकमा ग.२ च ७७६३ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा कारमा सवार पोखरा महानगरपालिका-१७ बेलघारी बस्ने २१ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ३ जनाको नमस्ते अस्पताल बिरौटामा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, गौरीगंगा नगरपालिका-८ बडैपुरमा ना.५ ख ९६ नम्बरको बसले से.६ प ६८२२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार डडेल्धुरा आलीताल गाउँपालिका-८ बस्ने २२ वर्षीय डम्बर भट्टको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक डडेल्धुरा पर्शुराम नगरपालिका-१० बस्ने २५ वर्षीय खेमराज भट्टको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-१८ बिष्णु चोकमा बा.१८ च ५७०९ नम्बरको कार अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका कारमा सवार सोही नगरपालिका बस्ने २४ वर्षीय नरेश कुमालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका कारका चालक सहित २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपारसी (पश्चिम), सुनवल नगरपालिका-१२ हरकट्टामा भे.१ ख ३१६२ नम्बरको बसले लु.१९ प ७९७८ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने २७ वर्षीय केशव घिमिरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, महाभारत गाउँपालिका-६ ग्वालटारमा ना.६ त २४६८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरको टेलरले किचेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३१ वर्षीय कुमार बैजुको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।