neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

Feb 22nd, 2020

काठमाडौं, १० फागुन

सप्तरी, सुरुङ्गा नगरपालिका-१ नैनडाँवर डाँडाबाट अवैध लागूऔषध गाँजा करिब २० ग्राम, नियन्त्रित लागूऔषध डाइजेपाम १८ एम्पुल, नाइट्रोभेट ३० ट्याबलेट, फेनारगन १९ एम्पुल, नुर्फिन १० एम्पुल र सिरिञ्ज ९ थान सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुर त्रियुगा नगरपालिका-६ बस्ने २२ वर्षीय आकाश परियार र २० वर्षीय आमोद कुमार महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

महोत्तरी, औरही नगरपालिका-२ पचायनखोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी शनिबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीलाई देख्नासाथ ना।२६ प ७७४ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपश्चात प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । तत्काल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।