neapl investment mega bank
  • गृहपृष्ठ
  • लागुऔषध सहित दुुई जना मानिस नियन्त्रणमा

लागुऔषध सहित दुुई जना मानिस नियन्त्रणमा

Feb 22nd, 2020

काठमाण्डौ, फागुुन १०

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोली ब्राउन सुगर सहित दुुई जनालाई पक्राउ गरेको छ ।

यही फाल्गुन ८ गते बिहान काकडभिट्टाबाट काठमाण्डौ आउदै गरेको ना. ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसलाई नागढुङगामा चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला झापा शिबसतासी नगरपालिका ११ झिलझिले बस्ने बर्ष २३ की बिना डाँगी र काठमाण्डौ महानगरपालिका ८ चावहिल बस्ने बर्ष २८ को दिपेश डंगोललाई ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

बिना डाँगीको साथबाट ४.३ ग्राम र दिपेश डंगोल ०.५ ग्राम ब्राउन सुगर फेला परेको थियो । निजहरूलाई उक्त परिमाणको ब्राउन सुगर सहित पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।