neapl investment mega bank
  • गृहपृष्ठ
  • कागजपत्र नभएको स्कारपियो गाडी एपीएफ टोलीद्वारा बरामद

कागजपत्र नभएको स्कारपियो गाडी एपीएफ टोलीद्वारा बरामद

Feb 22nd, 2020

बारा, फागुुन १०

बारा जिल्लाको सुवर्ण गाँउपालिका ३ सन्तगञ्जबाट फागुन ९ गते कागजपत्र नभएको भारतीय नम्बर प्लेटको एउटा गाडी एपीएफ टोलीले बरामद गरेको छ ।

बी आर ०१ पी डी ६२०७ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कवहीगोठबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त गाडीको कागजपत्र नभएपछि बरामद गरिएको हो ।

एपीएफ टोलीले बरामद गाडी भन्सार कार्यालय वीरगंजमा बुझाएको छ । बरामद गाडीको भन्सार दखिला मूल्य ९ लाख ९० हजार रुपैयाँ रहेको छ ।