neapl investment mega bank
  • गृहपृष्ठ
  • विकासको मूलआधार नै धर्म र संस्कृति हो : मुख्यमन्त्री

विकासको मूलआधार नै धर्म र संस्कृति हो : मुख्यमन्त्री

Feb 21st, 2020

भक्तपुर, ९ फागुन (रासस)

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासको मूल आधार नै धर्म र संस्कृति रहेको बताउनुभएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको ११ औं वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले सबै मिलेर धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पौडेलले धर्मसंस्कृति नेपालको पहिचान र अस्तित्वसँग जोडिएकाले यसको संरक्षणको विकल्प नरहेको बताउँदै नेपालका धार्मिकस्थललाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने औंल्याउनुभयो । भारतीय भक्तजन तथा पर्यटकलाई आकर्षण गर्ने गरी मन्दिर विकास र विस्तार गर्नुपर्ने बताउँदै उहाँले मन्दिरको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्रीले आजै डोलेश्वर महादेव मन्दिरको दर्शन एवं पूजा गर्नुभएको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष एवं समितिका पूर्ववरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाँले मन्दिरको गुरुयोजनानुरुप निर्माण भइरहेको बताउँदै एक वर्षभित्र मूल मन्दिर, प्रवेशद्वारलगायत संरचना निर्माण पूरा हुने जानकारी दिनुभयो ।