neapl investment mega bank
  • गृहपृष्ठ
  • आमूलपरिवर्तन गर्ने अल्जेरियाली राष्ट्रपतिको प्रतिबद्धता

आमूलपरिवर्तन गर्ने अल्जेरियाली राष्ट्रपतिको प्रतिबद्धता

Feb 21st, 2020

पेरिस, ९ फागुन (रासस/एएफपी)

अल्जेरियाका राष्ट्रपति अब्देल्माड्जीद तेब्बौनेले मुलुकमा आमूलपरिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देशमा लामो समय शासन गर्नुभएका अब्देलाजिज बौटेफ्लीकाको उत्तराधिकारी बन्नुभएका तेब्बौनेले गत डिसेम्बरदेखि जिम्मेबारी समहालेपछि मुलुकलाई नयाँ अवस्थामा पु¥याउने बताउँदै आउनुभएको छ ।

उहाँले अहिले आन्दोलन गर्ने बेला नभइ मुलुकको परिवर्तनका लागि मेहनत गर्ने बेला भएकोमा जोड दिनुभएको छ । फ्रान्सको एउटा दैनिक पत्रिकामा बिहीबार प्रकाशित अन्तर्वार्तामा उहाँले गत डिसेम्बर १२ मा भएको निर्वाचनबाट आफु राष्ट्रपतिमा निर्वाचित भएकाले काम गर्न दिन आग्रह पनि गर्नुभएको छ । “हामीले आन्दोलन गरेर, असहयोग गरेर र सम्पत्ति तथा संरचनाको क्षति गरेर मुलुकको पुनःसंरचना गर्न, मर्मत गर्न र नयाँ अवस्थामा लैजान सकिँदैन,” उहाँले भन्नुभएको छ ।