neapl investment mega bank
  • गृहपृष्ठ
  • सभापति देउवाद्वारा महाशिवरात्रिको शुभकामना

सभापति देउवाद्वारा महाशिवरात्रिको शुभकामना

Feb 21st, 2020

काठमाडौँ, ९ फागुन (रासस)

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भगवान् शिवको आराधना गरेर मनाइने पर्व ‘महाशिवरात्रि’ का अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्वीमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना दिनुभएको छ । उहाँले विज्ञप्तिमार्फत नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको उल्लेख गर्दै प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउनुभएको छ ।

सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएका चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको सभापति देउवाले उल्लेख गर्नुभएको छ । नेपाली जनताको दशकौँदेखिको त्याग र बलिदानस्वरुप मुलुकले प्राप्त गरेको नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सक्यौँ भने मात्र नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रुपान्तरण गर्न सकिने उहाँको भनाइ छ ।